नेभिगेशन
राजनीति

कांग्रेसमा आन्तरिक विवाद गहिरियो, शेखर समूह देउवा पक्षको बैठकमा नजाने

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक असहमति थप चर्किएको छ। डा. शेखर कोइराला समूहले शेरबहादुर देउवा पक्षले बोलाएको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठकमा नजाने निर्णय गरेको छ।

आइतबार बिहान कोइराला समूहको बैठक विशालनगरस्थित डा. कोइरालाको सचिवालयमा बसेको थियो। उक्त बैठकले देउवा पक्षले बोलाएको कार्यसमिति बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको हो।

कोइराला समूहका नेता तथा निवर्तमान सहमहामन्त्री जीवन परियारले आफूहरू देउवा पक्षको बैठकमा नजाने स्पष्ट पारेका छन्। उहाँका अनुसार समूहले पार्टीभित्र छुट्टै छलफल गरेर आफ्नै ढंगले अघि बढ्ने निर्णय गरेको छ।

“हामी हिजो पनि उहाँहरूले बोलाएको बैठकमा गएनौं, आज पनि जाँदैनौं। पार्टीभित्र हाम्रो छुट्टै समूह छ र हामी आफ्नो तरिकाबाट अगाडि बढ्छौं,” परियारले बताउनु भयो।

यस घटनासँगै कांग्रेसभित्रको आन्तरिक गुटगत असन्तुष्टि फेरि सतहमा आएको देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्