नेभिगेशन
मनाेरञ्जन

नेपालमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना हुने, अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा प्रस्तुत हुने

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको डान्स प्लेटफर्म ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ आयोजना गरिने भएको छ। आइतबार एक विशेष समारोहबीच कार्यक्रमको औपचारिक घोषणा गरिएको हो।

आयोजकका अनुसार प्रतियोगितामा प्रदर्शन–आधारित (परफर्मेन्स बेस्ड) डान्स प्रस्तुति हुनेछ, जुन पारम्परिक टेलिभिजन रियालिटी शोभन्दा फरक रहनेछ। कार्यक्रमका निर्णायकमा किरण थापा, जेरी टावल र टेरेन्स लेविन्स रहने छन्।

कार्यक्रममा बोल्दै निर्णायक किरण थापाले नेपालमा डान्स प्रतिभाको कमी नभएको उल्लेख गर्दै यस्ता प्लेटफर्मले कलाकारलाई अन्तर्राष्ट्रिय स्तरमा अवसर प्रदान गर्ने बताउनु भयो।

अभिनेत्री परीक्षा लिम्बुले डान्स र अभिनयबीच गहिरो सम्बन्ध रहेको बताउँदै यसले स्टोरी टेलिङ, अभिव्यक्ति र भावना प्रस्तुतिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

त्यस्तै, कार्यक्रमकी फेस कविता नेपालीले नेपालमा डान्स क्षेत्र सुस्ताउँदै गएको अवस्थामा यस्तो अन्तर्राष्ट्रिय मञ्चले नयाँ ऊर्जा र अवसर सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले समेत मन्तव्य राख्नु भएको थियो। आयोजकका अनुसार प्रतियोगितामा गोल्ड प्लेटेड ट्रफीसहित नगद पुरस्कार, गिफ्ट ह्याम्पर र विभिन्न अवार्डहरू राखिएका छन्। सहभागी हुन इच्छुकहरूले एपमार्फत दर्ता गरी अडिसनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्