नेभिगेशन
राजनीति

गृहमन्त्री गुरुङको स्पष्टीकरण: सेयर लगानी ऋणबाट जुटाइएको, सबै बैंक रेकर्डमा छ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले सेयर बजारमा गरेको लगानी ऋण (कर्जा) मार्फत जुटाइएको स्पष्ट पारेका छन्।

विभिन्न सञ्चारमाध्यममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले बैंकिङ प्रणालीमार्फत गएको रकमको सबै विवरण पारदर्शी हुने भएकाले कुनै कुरा लुकाउन नसकिने बताएका छन्।

गुरुङका अनुसार लगानीका लागि लिइएको ऋणको लिखित तमसुक २०८० भदौ २९ गतेको रहेको छ, जुन आधिकारिक रेकर्डमा रहेको उनले बताएका छन्।

उनले पैसा कहाँबाट आयो भन्ने विषय अनुमानको नभई बैंक र कागजी प्रमाणले पुष्टि गर्ने विषय भएको दाबी गरेका छन्।

गुरुङले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको र आवश्यक परे सबै विवरण सार्वजनिक गर्न सकिने पनि स्पष्ट पारेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्