काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालय र प्रतिष्ठानहरूमा समस्या परे सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सोमबार ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलमा उनले यस्तो आश्वासन दिएका हुन्।
छलफलमा सहभागी एक उपकुलपतिका अनुसार प्रधानमन्त्री शाहले कुनै किसिमको अफ्ठ्यारो आए सरकार सहयोगका लागि तयार रहने बताएका थिए।
प्रधानमन्त्री शाह विश्वविद्यालयहरूको कुलपतिसमेत रहेकाले भेटघाटलाई समसामयिक शैक्षिक विषयमा केन्द्रित मानिएको छ।
प्रकाशित मिति:
सोमबार, वैशाख ७, २०८३
प्रतिक्रिया दिनुहोस्
