काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री चयन गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।
यसअघि केन्द्रीय सदस्य रहेका शाह काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका निकट सहयोगीका रूपमा चिनिन्छन्। उनले बालेनसँग प्रमुख स्वकीय सचिवका रूपमा काम गरेका थिए।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अछाम–२ बाट उम्मेदवार बनेका शाह पराजित भएका थिए।
पार्टीभित्र नयाँ जिम्मेवारी पाएसँगै रास्वपाको संगठन सुदृढीकरणमा उनको भूमिका महत्वपूर्ण रहने अपेक्षा गरिएको छ।
प्रकाशित मिति:
सोमबार, वैशाख ७, २०८३
प्रतिक्रिया दिनुहोस्
