नेभिगेशन
समाचार

लोकतन्त्र दिवसको अवसरमा ‘एआई मिडिया नेपाल’ अनलाईन पोर्टलको शुभारम्भ

काठमाडौँ, ११ बैशाख । आज २० औं लोकतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को १९ दिने आन्दोलनबाट निरंकुश राजतन्त्रको अन्त्य भई जनताको हातमा अधिकार आएको दिनको सम्झनामा लोकतन्त्र दिवस मनाईन्छ ।

नेपालमा २०६३ साल वैशाख ११ गते ऐतिहासिक जनआन्दोलन–२ को सफलता पश्चात तत्कालीन राजा ज्ञानेन्द्र शाहको जहानियाँ प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा वैशाख ११ लाई लिने गरिएको छ । 

लोकतन्त्र भनेको जनताको शासन हो । नेपालमा लोकतन्त्र स्थापना भए पछि जनताले धेरै अधिकारहरु पाएका छन् । देशमा लोकतन्त्र स्थापनाको लागि सञ्चार माध्यमहरुको पनि अहम भुमिका रहेको छ । लोकतन्त्रको मूल्य र मान्यताको सुन्दर बगैँचा भित्रको एउटा सुन्दर र सुगन्धीत फुल हो प्रेस स्वतन्त्रता । प्रेस स्वतन्त्रता बिना लोकतन्त्र अधुरो हुन्छ । स्वतन्त्र पत्रकारीताले नै लोकतन्त्र सवल र सढृण हुन्छ भन्ने विश्वव्यापी मान्यता पाइन्छ । 

यसर्थ यस ऐतिहासिक दिन लोकतन्त्र दिवसको अवसरमा ‘एआई मिडिया नेपाल डट कम’ अनलाईन पोर्टलको शुभारम्भ हुनु एउटा नयाँ सञ्चार माध्यमको सुरुवात मात्र होइन, जिम्मेवार र जनउत्तरदायी पत्रकारीताको आधार पनि हो । “󠇂सन्तुलित र ’विश्वसनीय सञ्चार’ भन्ने मुल नारा सहित सुरु भएको यस अनलाईनमा सञ्चार सामाग्रीको रुपमा प्रकासन/प्रसारण गर्न मिल्ने समाजका सबै पक्षहरुलाई समेट्ने छौं । 

“󠇂सन्तुलित र ’विश्वसनीय सञ्चार’ भन्ने मुल नारा सहित सुरु भएको यस अनलाईनमा सञ्चार सामाग्रीको रुपमा प्रकासन/प्रसारण गर्न मिल्ने समाजका सबै पक्षहरुलाई समेट्ने छौं । 

राजनितिक, आर्थिक, सामाजिक, साँस्कृतिक, विकासमूलक, पर्यापर्यटनका बिषय मात्रै होईन समाजका पिछडिएका वर्ग, समुदाय र क्षेत्रका मुद्धाहरुलाई प्राथमिकताका साथ प्रकासन/प्रसारण गर्नेर्छौ । 

हामीले अनलाईनसँगै भिडियो सामाग्री मार्फत सूचना प्रवाहलाई विश्वसनीय, तथ्यपरक र समसामयिक बनाउने लक्ष्य लिएका छौँ । पत्रकारीताको सिद्धान्त र मर्यादालाई आत्मसाथ गर्दै नागरिकको सुचनाको हकलाई थप बलियो बनाउन सत्य, तथ्य र निष्पक्ष पत्रकारीता हाम्रो मुख्य धर्म हुनेछ । 

हामीले उत्पादन गरेको भिडियो सञ्चार सामाग्रीहरुलाई धेरै पाठक, स्रोता र दर्शकहरुको पहुँचमा पु¥याउन विजयकिल्ला टेलिभिजनसँग पनि प्रसारण साझेदारी रहनेछ । जसले हामी प्रतिको विश्वासनीयता बढाउने अपेक्षा गरेका छौं । 

हाम्रा प्रिय पाठकहरुको अपार माया, प्रेरणा र सकारात्मक सुझावले हजारौँ सञ्चार माध्यमको भिड्मा उदायको यस अनलाईनले अवश्य पनि सफलता पाउछ भन्नेमा हामी विश्वस्त छौं । देश र जनताको पक्षमा सही सुचना सम्प्रेषण सहित तथ्यपूर्ण पत्रकारीताको हाम्रो यो अभियानमा यहाँहरु सम्र्पूणलाई हार्दिक स्वागत छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्