नेभिगेशन
समाचार

सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ

काठमाडौं, १२ वैशाख । प्रहरीले राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव सहित तीन जनालाई पक्राउ गरेको छ ।

महासचिव आर्यन कुँवरसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले बताए ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं बुझाइएको उनले बताए ।

शुक्रबार नै प्रहरीले मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पनि पक्राउ परेका थिए । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्