नेभिगेशन
समाचार

मनोहरामा सुकुमवासी बस्ती हटाउन डोजर, सुरक्षाकर्मीको कडा घेराबन्दी

१३ वैशाख, काठमाडौं । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्ती हटाउने काम आज पुनः सुरु गरिएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै डोजर प्रयोग गरेर घरहरू भत्काउने कार्य भइरहेको छ।

यसअघि शनिबार बस्ती हटाउन खोज्दा स्थानीयवासीले विरोध जनाएका थिए। ढुंगामुढा हुँदा केही सुरक्षाकर्मी घाइते समेत भएका थिए। त्यसपछि फर्किएको डोजरसहितको टोली आज पुनः मनोहरा क्षेत्रमा पुगेको हो।

यसैबीच शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँका सुकुमवासी बस्तीमा समेत डोजर चलाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्