नेभिगेशन
स्वास्थ्य

सिन्धुलीको मरिण गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न

सिन्धुली, २४ बैशाख । सिन्धुली, २४ बैशाख । विश्व रेडक्रस दिवसको अवसरमा सिन्धुलीको मरिण गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मरिण सामुदायिक हस्पिटलको आयोजना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मरिण गाउँपालिका समितिको सहआयोजना र नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

कार्यक्रममा मरिण गाउँपालिकाका ३४ जनाले रक्तदान गरेका गर्नुभएको छ । रक्तदान कार्यक्रमको संयोजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मरिण गाउँपालिका समितिका सभापति टेक बहादुर श्रेष्ठले गर्नुभएको हो ।

विश्व रेडक्रस दिवस भोली नेपाल सहित विश्वभर मनाइदै छ । दिवसको अवसरमा भोली सुनकोशी गाउँपालिकामा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्