काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमै कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो।
चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले वृद्धि भएर ४ हजार ८३० रुपैयाँ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँसम्म पुगेको थियो र त्यसयता घटबढ भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य स्थिरजस्तै रहेको छ। सुन प्रतिऔँस ४७०० अमेरिकी डलर र चाँदी ७३ डलरमा कारोबार भइरहेको जनाइएको छ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
