काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ को आसन्न निर्वाचन नजिकिँदै जाँदा एशोसिएट्सतर्फ प्रतिस्पर्धा तीव्र बनेको छ। यसक्रममा उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ को समूह थप सशक्त बनेको बताइएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल का छोरा सचिन ढकाल उक्त समूहबाट केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवार बनेसँगै समूहको प्रभाव र चुनावी माहोल थप तातेको छ। एशोसिएट्सतर्फ परम्परागत रूपमा ढकाल समूहको प्रभाव रहँदै आएको छ।
ज्योत्सना श्रेष्ठले आफूले सबै क्षेत्र समेट्ने गरी टीम निर्माण गरेको र समूहको जित सुनिश्चित रहेको दाबी गरिन्। वर्तमान कार्यकालमा व्यवसायीमैत्री नीति निर्माण र समुहित सौदाबाजीमा काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नीतिगत पैरवीलाई निरन्तरता दिने बताइन्।
श्रेष्ठ नेतृत्वको समूहबाट केन्द्रीय सदस्यमा अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत, ई. विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाईं, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली र सन्दिप अग्रवाललगायत उम्मेदवार रहेका छन्।
एशोसिएट्सतर्फको निर्वाचनमा यो समूहको प्रवेशसँगै प्रतिस्पर्धा थप रोचक र कडा हुने देखिएको छ।







