काठमाडौं। सरकारले आजदेखि ५ लाख रुपैयाँभन्दा बढी रकम नगदमार्फत कारोबार गर्न नपाइने व्यवस्था लागू गरेको छ।
नयाँ व्यवस्थाअनुसार सोभन्दा माथिको कारोबार अनिवार्य रूपमा बैंकिङ माध्यमबाट गर्नुपर्नेछ। नगद कारोबार नियन्त्रण गर्दै पारदर्शिता बढाउने र कर प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले यो नियम लागू गरिएको जनाइएको छ।
नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरूले यस व्यवस्थाको कार्यान्वयनमा कडाइ गर्ने तयारी गरेका छन्। नियम उल्लंघन गर्नेहरूलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।
यस कदमले अनौपचारिक कारोबार घटाउने, वित्तीय अनुशासन कायम गर्ने र डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
