नेभिगेशन
समाचार

घाम उर्जा सेवाको आईपीओ तयारी : एनएमबि क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । घाम उर्जा सेवा लिमिटेड ले प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

आईपीओसम्बन्धी सम्झौतामा घाम उर्जा सेवाका अध्यक्ष अन्जल निरौला र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्य ले हस्ताक्षर गरेका हुन्।

कम्पनीले यो सहकार्यले नवीकरणीय ऊर्जा विस्तारको लक्ष्य हासिल गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

घाम उर्जा सेवा लिमिटेडले व्यावसायिक तथा औद्योगिक क्षेत्रका ग्राहकलाई रूफटप सौर्य ऊर्जा सेवा प्रदान गर्दै आएको छ। १५–२० वर्षे विद्युत खरिद सम्झौता (PPA) मोडेलमार्फत प्रारम्भिक लगानी बिना नै ऊर्जा समाधान उपलब्ध गराउँदै आएको कम्पनीले कार्बन उत्सर्जन घटाउने र सञ्चालन लागत कम गर्ने लक्ष्य राखेको छ।

दुवै संस्थाले आईपीओलाई सफल बनाउन र लगानीकर्तालाई आकर्षक प्रतिफल सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्