नेभिगेशन
समाचार

राष्ट्रिय सभाकी उपाध्यक्ष भण्डारीको पदभार ग्रहण : साइबर बुलिङविरुद्ध छुट्टै कानुन आवश्यक

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास मा आयोजित समारोहमा शपथग्रहणपछि लिलाकुमारी भण्डारी ले राष्ट्रिय सभाको उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेकी छिन्। उनलाई नारायणप्रसाद दाहाल ले शपथ गराएका हुन्।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले साइबर बुलिङ नियन्त्रणका लागि छुट्टै कानुन आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालको दुरुपयोगबाट विशेषगरी महिलामाथि चरित्रहत्या र मानसिक हिंसा हुने क्रम बढिरहेको उल्लेख गर्दै उनले मर्यादित समाज निर्माणका लागि स्पष्ट कानुनी व्यवस्था अनिवार्य भएको धारणा राखिन्।

उनले साइबर बुलिङलाई अपराधका रूपमा परिभाषित गर्दै त्यसविरुद्ध कडा कानुनी कारबाही सुनिश्चित गर्न सरकारलाई ध्यान दिन आग्रह गरिन्।

भण्डारीले राष्ट्रिय सभाको कामकारबाहीलाई सहज बनाउने, अध्यक्षलाई सहयोग गर्ने र सभालाई मर्यादित तथा प्रभावकारी बनाउन आफ्नो भूमिका रहने पनि बताइन्। सभाको गरिमा कायम राख्दै अनुशासित रूपमा कार्य सञ्चालनमा योगदान दिने प्रतिबद्धता उनले व्यक्त गरिन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्