नेभिगेशन
सूचना प्रविधि

फाप्ला क्रिकेट रंगशाला सरकारको प्राथमिकतामास् मन्त्री पोखरेल

धनगढी — शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा सरकारले सक्दो बजेट विनियोजन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।

मंगलबार रंगशालाको स्थलगत निरीक्षणपछि मन्त्री पोखरेलले निर्माण कार्य अघि बढाउन सबै सरोकारवालासँग समन्वय र छलफल भइरहेको जानकारी दिए ।

देशको समग्र आर्थिक अवस्थालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रमा स्रोत आवश्यक रहेकाले बजेट व्यवस्थापन चुनौतीपूर्ण भए पनि सरकारले फाप्ला रंगशालालाई प्राथमिकतामा राखेको मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले फाप्ला रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको उल्लेख गर्दै सुदूरपश्चिममा क्रिकेटप्रति उच्च आकर्षण रहेको विषयमा आफु जानकार रहेको बताए । ‘यहाा क्रिकेटको ठूलो त्रेज छ, त्यसलाई ध्यानमा राख्दै निर्माणका लागि स्रोत सुनिश्चित गर्न हामी लागिपरेका छौं,’ उनले भने ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवाश शाहीले रंगशालाको हालसम्मको प्रगति विवरण मन्त्री पोखरेलसमक्ष प्रस्तुत गरेका थिए ।

उनले मैदान निर्माणका प्रारम्भिक तयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको जानकारी दिए । ‘जग्गा प्राप्ति भइसकेको छ, डीपीआर तयार भइसकेको छ र वातावरणीय प्रभाव मूल्यांकन ईआईए पनि स्वीकृत भइसकेको छ,’ अध्यक्ष शाहीले भने, ‘हालै यो परियोजना राष्ट्रिय योजना आयोगको ‘प्रोजेक्ट बैंक’मा समेत समावेश भइसकेको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्