काठमाडौं । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई यात्राका क्रममा थप कागजात अनिवार्य बोक्न आग्रह गरेको छ।
विभागका अनुसार चैत २९ गतेदेखि वैदेशिक रोजगारीमा प्रस्थान गर्ने श्रमिकहरूले गन्तव्य मुलुकसम्मको हवाई टिकट र सोको बिल वा रसिद अनिवार्य साथमा राख्नुपर्नेछ।
संस्थागत वा व्यक्तिगत रूपमा जाने सबै श्रमिकका लागि उक्त कागजात अनिवार्य गरिएको हो। साथै, इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीमार्फत जानेहरूले सेवा शुल्क बुझाएको आधिकारिक रसिद पनि साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले सबै इजाजतपत्र प्राप्त संस्थालाई श्रमिकबाट प्राप्त सेवा शुल्कको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउन समेत निर्देशन दिएको छ।
यस निर्णयले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति:
मंगलबार, चैत २४, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय







