नेभिगेशन
समाचार

कार्यव्यवस्था बैठकले तय गर्ने संसद्को आजको दिशा

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को आजको कार्यदिशा तय गर्ने भएको छ। सिंहदरबारस्थित सभाकक्षमा मध्याह्न १२ बजे बस्ने बैठकले दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको कार्यसूची टुंग्याउनेछ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सरकारका महत्वपूर्ण एजेन्डाहरू अघि बढाइने तयारी छ। प्रधानमन्त्री बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। उक्त विधेयक अघि बढाउनुअघि प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकमा पेश हुने सम्भावना छ।

यसैगरी, सभामुखबाट राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरिने कार्यक्रमसमेत तय गरिएको छ।

आजको कार्यव्यवस्था बैठकलाई संसद्को प्रभावकारी सञ्चालन र महत्वपूर्ण नीतिगत निर्णयको तयारीका रूपमा हेरिएको छ। समितिको निर्णयले नै आजको प्रतिनिधिसभा बैठकको प्राथमिकता र बहसको दिशा निर्धारण गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्