नेभिगेशन
समाचार

सन नेपाल लाइफमा नेतृत्व परिवर्तन: कवि फूयाँल निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले कम्पनीको नेतृत्वमा परिवर्तन गर्दै कवि फूयाँललाई निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले फूयाँललाई अर्को निर्णय नभएसम्मका लागि कम्पनीको जिम्मेवारी सम्हाल्ने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल लाई आईपीओ अन्तर्गत कर्मचारीका लागि छुट्याइएको सेयरमा अनियमितता गरेको आरोपमा पक्राउ गरिएपछि उक्त पद रिक्त रहेको थियो।

हाल कम्पनीका नायब कार्यकारी अधिकृतसमेत रहेका फूयाँललाई अनुभव र संस्थागत निरन्तरतालाई ध्यानमा राख्दै नेतृत्वको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।

कम्पनीले नयाँ नेतृत्वसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै संस्थागत स्थायित्व कायम गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्