काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ आदेश जारी भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानको सिलसिलामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको हो।
उच्च स्रोतका अनुसार अदालतले पक्राउ गर्न अनुमति दिए पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन।
सम्बन्धित निकायले अनुसन्धानलाई तीव्र बनाउँदै थप प्रक्रिया अघि बढाइरहेको जनाइएको छ।
प्रकाशित मिति:
बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय







