नेभिगेशन
समाचार

लोक दाहाललाई एनआरएनए नेपालको प्रवर्द्धन विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको जिम्मेवारी दिएको छ। एनआरएनएको ११४औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकको निर्णयअनुसार उनलाई २०२५–२०२७ कार्यकालका लागि उक्त जिम्मेवारी दिइएको हो।

संघका अध्यक्ष डा. हेम राज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्काद्वारा जारी पत्रमार्फत दाहाललाई विभागको कार्यविधि र कार्ययोजना तयार पार्न निर्देशन दिइएको छ। साथै, उनले विभिन्न क्षेत्रका पदाधिकारीहरूसँग समन्वय गरी अधिकतम १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरू प्रस्ताव गर्ने भएका छन्। उक्त नामावली अप्रिल १५ भित्र बुझाउने तयारी गरिएको छ।

दाहालले एनआरएनएमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन्। बेल्जियमलाई कर्मथलो बनाएका दाहाल लामो समयदेखि नेपालको पर्यटन क्षेत्रसँग नजिक रहेर काम गर्दै आएका छन्। उनले उच्च हिमाली दौड आयोजना गर्ने योजना समेत अघि सारेका छन्, जसले पर्यटन प्रवर्द्धनसँगै आरोही र भरियाबीचको सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्