काठमाडौं । संयुक्त राष्ट्रसंघले इजरायलद्वारा लेबनानमा गरिएको तीव्र हवाई आक्रमणको निन्दा गर्दै तत्काल युद्ध रोक्न आग्रह गरेको छ।
इजरायली सेनाले १० मिनेटमै १०० भन्दा बढी हवाई हमला गर्दा कम्तीमा २५० जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। इमरान रिजाका अनुसार अस्पतालहरूमा चाप बढेको छ भने ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघले नागरिकको सुरक्षा र मानवीय सहायता निर्बाध बनाउन दुवै पक्षलाई आग्रह गरेको छ।
प्रकाशित मिति:
बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय







