काठमाडौं । एपोलो हाईड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ।
कम्पनीले ७ लाख ८० हजार २०० कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको छ। लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्, जसका लागि सि–आस्बा प्रणाली वा ‘मेरो शेयर’ प्रयोग गर्न सकिनेछ।
आईपीओ चैत ३० गतेसम्म खुला रहनेछ भने आवश्यक परे वैशाख १० गतेसम्म म्याद थप हुन सक्नेछ। निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति:
बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
