काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ परेको १३ दिनपछि रिहा गरिएको छ।
उनी चैत १४ गते आफ्नै निवासबाट पक्राउ परेका थिए। हिरासतमा राखेर अनुसन्धान गरिएको लेखकलाई बिहीबार उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको हो।
स्रोतका अनुसार अनुसन्धान प्रक्रिया सकिएपछि उनलाई रिहा गरिएको हो, यद्यपि पक्राउको कारण र अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
लेखकको रिहाइसँगै राजनीतिक वृत्तमा पुनः चर्चा सुरु भएको छ। उनको पक्राउ र रिहाइलाई लिएर विभिन्न राजनीतिक दल तथा समर्थकहरूले चासो व्यक्त गर्दै आएका थिए।
प्रकाशित मिति:
बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
