मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा स्थानीय जडीबुटी प्रयोग गरी उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले उत्पादन गरेको यो तेलले जोर्नी, नशा तथा छालासम्बन्धी समस्यामा पीडित बिरामीलाई राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन्।
छायाँनाथ रारा नगरपालिका–१३ रुगा गाउँका ५५ वर्षीय धनलाल लावड लामो समयदेखि जोर्नी र नशासम्बन्धी समस्याबाट पीडित थिए। जिल्ला अस्पताल तथा निजी क्लिनिकमा लाखौँ खर्च गर्दा पनि निको नभएपछि उनले आयुर्वेदिक तेल प्रयोग गरेका थिए। नियमित प्रयोगपछि स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनको अनुभव छ। “धेरै उपचार गर्दा पनि ठिक भएन, तर यो तेल प्रयोगपछि निकै सहज भएको छ,” उनले बताए।
त्यसैगरी, दानबहादुर शाहीले पनि सोही तेल प्रयोगपछि हिँडडुलमा सुधार आएको बताएका छन्। “पहिले सामान्य हिँडडुल गर्न पनि गाह्रो थियो, अहिले धेरै सहज भएको छ,” उनले भने।
आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार सिस्नु, रास्ना, चरिअमिलो, बेडु, तितेपाती, चुत्रो, सल्ला, भाङ्गो, धतुरो, तिल, तोरी, मेन्थल र कपुरजस्ता स्थानीय जडीबुटी प्रयोग गरी तेल उत्पादन गरिँदै आएको छ। यसले ढाड, कम्मर, हाडजोर्नी तथा आमवातजस्ता समस्यामा राहत दिने विश्वास गरिएको छ।
चालु आर्थिक वर्षमा २,०६० मिलिलिटरका बोतल उत्पादन गरिएको र उक्त तेल उत्पादन मितिले दुई वर्षसम्म प्रयोग गर्न मिल्ने बताइएको छ। तेलसँगै बासा चूर्ण, रास्ना चूर्ण र पाषाणभेद चूर्णसमेत उत्पादन भइरहेको केन्द्रले जनाएको छ।
निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेका अनुसार बजेट अभावका कारण उत्पादन विस्तारमा चुनौती देखिएको छ। उनले आवश्यक स्रोत साधन उपलब्ध भए स्थानीय जडीबुटीको उपयोगमार्फत उत्पादन बढाउन सकिने र रोजगारी तथा आम्दानी दुवै वृद्धि हुने बताए।
स्थानीय सरोकारवालाहरूले कर्णालीमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न सके स्थानीय स्तरमै औषधी उत्पादन र आर्थिक समृद्धिको सम्भावना बढ्ने बताएका छन्। राज्यका तीनै तहका सरकारले यस क्षेत्रमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
कर्णाली प्रदेशको मुगु जिल्लामा स्थानीय जडीबुटी प्रयोग गरी उत्पादन गरिएको वातशामक तेल पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले उत्पादन गरेको यो तेलले जोर्नी, नशा तथा छालासम्बन्धी समस्यामा पीडित बिरामीलाई राहत दिएको प्रयोगकर्ताहरूले बताएका छन्।