बाँके। नयाँ शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक वितरण सम्पन्न गरिएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस नेपालगञ्जले चैत २४ गतेसम्म ४ लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री वितरण गरेको जनाएको छ।
प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालका अनुसार कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लामा पाठ्यपुस्तक पठाइएको छ।
यससँगै लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके जिल्लामा पनि पाठ्यपुस्तक वितरण गरिएको छ। दुर्गम क्षेत्रमा समयमै पुस्तक पुर्याउने लक्ष्यअनुसार वितरण कार्य अघि बढाइएको जनाइएको छ।
प्रकाशित मिति:
बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
