नेभिगेशन
स्वास्थ्य

मन्त्री साह प्रकरणमा स्वास्थ्य मन्त्रीलाई सचेत गराउन लामिछानेको सिफारिस

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई सचेत गराउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका छन्।

बिहीबार प्रधानमन्त्रीलाई पत्र लेख्दै लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक कुमार साह को कार्यप्रति स्वास्थ्य मन्त्रालयले अपेक्षित गम्भीरता नदेखाएको आरोप लगाएका छन्। उनले मन्त्री साहलाई पदबाट फिर्ता बोलाउनसमेत आग्रह गरेका छन्।

रास्वपाको केन्द्रीय अनुशासन आयोगको अध्ययनअनुसार मन्त्री साहले पदीय मर्यादा विपरीत प्रभाव प्रयोग गरी आफ्नी पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा पुनः सक्रिय गराएको उल्लेख गरिएको छ। सो बोर्ड स्वास्थ्य मन्त्रालय मातहत रहने निकाय हो।

लामिछानेले यस्तो गम्भीर विषयमा स्वास्थ्य मन्त्री मेहताले आवश्यक हस्तक्षेप नगरेको भन्दै सचेत गराउनुपर्ने बताएका छन्। पत्रमा पार्टी विधानअन्तर्गत ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गर्दै मन्त्री साहलाई जिम्मेवारीबाट अलग गर्नुपर्ने उल्लेख गरिएको छ।

उक्त विषयले सरकारभित्र नैतिकता र जिम्मेवारीबारे बहस चर्काउने संकेत देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्