नेभिगेशन
मनाेरञ्जन

‘एक्का तीन’मा पुष्प खड्काको प्रवेश, पूजा शर्मासँग जोडी बाँधिने

काठमाडौं।  निर्देशक रुपेश तामाङ द्वारा निर्माण हुन लागेको फिल्म एक्का तीन मा अभिनेता पुष्प खड्का को प्रवेश भएको छ। यस फिल्ममा उनी अभिनेत्री पूजा शर्मा सँग जोडी बनेर देखिनेछन्।

निर्देशक तामाङले मंगलबार पुष्प खड्कालाई फिल्मको मुख्य भूमिकामध्ये एकमा अनुबन्धित गरेका हुन्। यो फिल्ममा पुष्प र पूजा दुवै एक्सन भूमिकामा प्रस्तुत हुने बताइएको छ। उनीहरूको यो दोस्रो सहकार्य हुनेछ, यसअघि उनीहरू छत्तीसको आँकडा मा सँगै काम गरिसकेका छन्।

निर्देशकका अनुसार फिल्ममा एकजना नव-नायक र एकजना नव-नायिकालाई पनि समावेश गर्ने तयारी छ। फिल्ममा एक्सन र सस्पेन्सको मिश्रण हुने र कथावस्तु बलियो हुने दाबी गरिएको छ। यसअघि उनले दान्भी र जय शम्भो निर्देशन गरिसकेका छन्।

सुमन गजमेरको लेखन रहेको फिल्ममा आगामी जेठ महिनाबाट छायांकन सुरु गर्ने योजना छ। जुना फिल्म्स र अधिरा फिल्म्स को संयुक्त निर्माण रहने फिल्मको दोस्रो श्रृंखला पनि बनाउने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्