नेभिगेशन
अन्तराष्ट्रिय

अमेरिका–इरान वार्ता निष्कर्षविहीन, कूटनीतिक प्रयास असफल

काठमाडौं। अमेरिका र इरानबीचको तनाव न्यूनीकरण गर्ने उद्देश्यले पाकिस्तानको इस्लामावादमा सम्पन्न उच्चस्तरीय वार्ता निष्कर्षविहीन रूपमा टुंगिएको छ। दुवै देशका प्रतिनिधिबीच लामो समयसम्म गहन संवाद भए पनि कुनै ठोस सहमति हुन नसकेको जनाइएको छ।

वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति JD Vance ले सघन कूटनीतिक प्रयासका बाबजुद पनि प्रस्तावले स्वीकृति नपाएको बताएका छन्। उनका अनुसार अमेरिकी पक्षले निरन्तर छलफलपछि ‘अन्तिम तथा उत्कृष्ट प्रस्ताव’ प्रस्तुत गरेको थियो, तर उक्त प्रस्ताव इरानी पक्षले अस्वीकार गरेको हो।

भान्सले वार्ता सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै दुवै पक्षबीच संवाद जारी राख्न आवश्यक रहेको बताएका छन्। यद्यपि, तत्काल कुनै सहमति नजुट्दा दुई देशबीचको तनाव यथावत् रहने संकेत देखिएको छ।

विश्लेषकहरूका अनुसार वार्ताले तत्काल उपलब्धि नदिए पनि संवादको निरन्तरता सकारात्मक पक्ष मानिएको छ। अमेरिका–इरान सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहँदै आएको सन्दर्भमा यस्ता कूटनीतिक पहललाई महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्