काठमाडौं। भारतको उत्तर प्रदेशस्थित यमुना नदीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ५ जना अझै बेपत्ता रहेका छन्।
प्रहरीका अनुसार श्रद्धालुहरू बोकेको डुङ्गा एक्कासि पल्टिँदा दुर्घटना भएको हो। घटनापछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो। नदीबाट २२ जनालाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ।
दुर्घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाएका छन्। घटनास्थलमा स्थानीय प्रशासन, प्रहरी तथा उद्धारकर्मी परिचालन गरी निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
प्रारम्भिक विवरणअनुसार डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
आइतबार, चैत २९, २०८२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय







