नेभिगेशन
समाचार

कारोबारसँगै घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ ।

सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्