काठमाडौं, १२ वैशाख । सरकारले बागमती नदी किनारअन्तर्गत थापाथलीको सुकमवासी बस्ती हटाउन सुरु गरेको छ ।
बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विहानै देखि बस्तीका घरटहरा भत्काउन सुरु भएको थियो भने अहिले सम्म त्यस क्षेत्र शान्त रहेको छ ।
सहज वातावरणमा स्काभेटरहरुले सुकुमवासी बस्ती हटाउने काम गरी रहेका छन् । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार देखि थापाथलीको सुकुमवासी बस्ती भत्काउन थालिएको हो ।
बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।

अहिलेसम्म शान्तिपूर्ण रुपमा सुकमवासी बस्तीका बासिन्दालाई हटाउने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताउनुभयो ।

विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो। यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ।
घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेको दृश्य घटनास्थलमा देखिएको छ।



प्रतिवेदनमाथि पूर्वाग्रही आरोप लगाउँदै रिहाइपछि रमेश लेखकको प्रतिक्रिया: ‘न्यायमा पूर्ण विश्वास’
प्रधानमन्त्री शाहले राजदूतहरूलाई नेपालको अवस्थाबारे जानकारी दिए
सिंहदरबार प्रवेशमा कडाइप्रति सुहाङ नेम्बाङको आपत्ति
सिंहदरबार प्रवेशमा कडाइ: अब कानुन व्यवसायीलाई पनि नागरिक एप अनिवार्य
