काठमाडौं। सिंहदरबार प्रवेशमा कानुन व्यवसायीका लागि कडाइ गरिएको नयाँ नियमप्रति प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ ले आपत्ति जनाएका छन्।
सिंहदरबार प्रवेशका लागि अब नागरिक एपबाट पास लिनुपर्ने व्यवस्था लागू गरिएको छ। यसअघि कानुन व्यवसायीहरूले नेपाल बार काउन्सिल को परिचयपत्रका आधारमा सहज रूपमा प्रवेश पाउँदै आएका थिए।
नेम्बाङले नयाँ नियमले कामकाजमा ढिलाइ हुने र सेवाग्राहीलाई समेत असर पर्ने भन्दै यो व्यवस्था पुनरावलोकन गर्नुपर्ने बताएका छन्। उनका अनुसार वकिलहरूको ठूलो हिस्सा काम सिंहदरबारभित्र हुने भएकाले सहज पहुँच आवश्यक छ।
यसैबीच, प्रशासकीय अदालतले जारी गरेको सूचनाअनुसार अब कानुन व्यवसायीले नागरिक एपको गेटपास, अदालतका कर्मचारीले परिचयपत्र तथा मुद्दाका पक्षहरूले सम्बन्धित कागजातका आधारमा मात्र प्रवेश पाउने व्यवस्था लागू गरिएको छ।
नयाँ नियमप्रति केही कानुन व्यवसायीहरूले पनि असन्तुष्टि जनाउँदै यसलाई व्यवहारिक बनाउन पुनरविचारको माग गरेका छन्।
थापाथली सुकुमवासी बस्ती हटाउन सुरु, सुकुमवासी क्षेत्र अहिले सम्म शान्त (फोटो)
प्रतिवेदनमाथि पूर्वाग्रही आरोप लगाउँदै रिहाइपछि रमेश लेखकको प्रतिक्रिया: ‘न्यायमा पूर्ण विश्वास’
प्रधानमन्त्री शाहले राजदूतहरूलाई नेपालको अवस्थाबारे जानकारी दिए
सिंहदरबार प्रवेशमा कडाइ: अब कानुन व्यवसायीलाई पनि नागरिक एप अनिवार्य
