काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूविरुद्ध लगाइएको फौजदारी अभियोगलाई निराधार भन्दै सरकारले प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन्।
भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई उनले ‘अपूर्ण र अप्रमाणित’ भन्दै त्यसकै आधारमा आफूलाई १३ दिनसम्म नियन्त्रणमा राखिएको उल्लेख गरेका छन्। अदालतको आदेशपछि आफू रिहा भएको जानकारी दिँदै उनले उक्त प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको दाबी गरेका छन्। साथै, सर्वोच्च अदालतले परमादेश जारी गर्दै आफूलाई रिहा गरेकोप्रति सम्मान प्रकट गरेका छन्।
लेखकले आफू कानून पालनामा प्रतिबद्ध र न्यायप्रणालीमा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै आगामी दिनमा कानुनी तथा राजनीतिक लडाइँ जारी रहने स्पष्ट पारेका छन्।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने नागरिक, कानुन व्यवसायी, अधिकारकर्मी, राजनीतिक दल, नेताहरू तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्।
थापाथली सुकुमवासी बस्ती हटाउन सुरु, सुकुमवासी क्षेत्र अहिले सम्म शान्त (फोटो)
प्रधानमन्त्री शाहले राजदूतहरूलाई नेपालको अवस्थाबारे जानकारी दिए
सिंहदरबार प्रवेशमा कडाइप्रति सुहाङ नेम्बाङको आपत्ति
सिंहदरबार प्रवेशमा कडाइ: अब कानुन व्यवसायीलाई पनि नागरिक एप अनिवार्य
