नेभिगेशन
फोटो फिचर

प्रधानमन्त्री शाहले राजदूतहरूलाई नेपालको अवस्थाबारे जानकारी दिए

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्दै देशको पछिल्लो राजनीतिक तथा समग्र अवस्थाबारे जानकारी गराएका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा डेढ दर्जनभन्दा बढी कूटनीतिक नियोगका प्रमुखहरूको सहभागिता थियो।

भेटमा प्रधानमन्त्री शाहले नेपालको वर्तमान परिस्थिति, सरकारका प्राथमिकता तथा आगामी योजनाबारे विस्तृत जानकारी गराउँदै द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउन जोड दिएका थिए। उनले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्धलाई अझ सशक्त बनाउने सरकारको प्रतिबद्धता पनि व्यक्त गरे।

भेटवार्ता औपचारिक रूपमा सम्पन्न भएको र आपसी समझदारी तथा निरन्तर संवादलाई अघि बढाउने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्