नेभिगेशन
फोटो फिचर

सिंहदरबार प्रवेशमा कडाइ: अब कानुन व्यवसायीलाई पनि नागरिक एप अनिवार्य

काठमाडौं। अबदेखि सिंहदरबार प्रवेशका लागि कानुन व्यवसायीहरूले समेत नागरिक एपबाट पास लिनुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ।

प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीका अनुसार अब कानुन व्यवसायीले नागरिक एपको गेट पासका आधारमा मात्र प्रवेश पाउनेछन्। यसअघि भने उनीहरू नेपाल बार काउन्सिल को परिचयपत्रकै आधारमा प्रवेश पाउँथे।

नयाँ व्यवस्थाअनुसार अदालतका कर्मचारीले आधिकारिक परिचयपत्र, मुद्दाका पक्षले तारेख पर्चा र अन्यले दैनिक इ–पासका आधारमा मात्र प्रवेश पाउनेछन्।

यो नियमप्रति केही कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन्। अधिवक्ता विनोदमणि भट्टराईले अदालत सिंहदरबारभित्रै हुँदा पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताएका छन्।

छोटोमा, सुरक्षा कडाइसँगै नयाँ प्रणाली लागू भए पनि कानुन व्यवसायीबाट पुनरविचारको माग उठ्न थालेको छ।notice-1775631193.jpg

प्रतिक्रिया दिनुहोस्